पर्सा जिल्लावासीलाई भारी वर्षामा सतर्क रहन अनुरोध


वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय (जिप्रका) पर्साले जिल्लावासीलाई भारी वर्षामा सतर्क रहन अनुरोध गरेको छ ।

 यही असोज ९ देखि असोज ११ गतेसम्म देशका विभिन्न स्थानमा मेघगर्जन÷चट्याङ र हावाहुरीसहित भारी वर्षा हुने मौसम विज्ञान विभागको समाचारलाई ध्यानमा राख्दै जिल्लावासीलाई सचेत रहन अनुरोध गरिएको हो ।  

जिप्रकाले आज सूचना जारी गरी उक्त अवधिमा जरुरी नभई यात्रा नगर्न र जिल्लामा रहेका साना तथा ठूला खोला नदीको तटीय क्षेत्रमा बसोबास नगर्न अपिल गरेको छ ।

वर्षा र बाढीबारे जानकारी लिन ११५५ मा सम्पर्क गर्न, विपद्मा मद्दत माग्न १२३४, नेपाल प्रहरीको हटलाइन १०० र सशस्त्र प्रहरी बल, नेपालको हटलाइन नम्बर १११४ मा सम्पर्क गर्नुपर्नेमा जिप्रकाको जोड छ । जिप्रकाले भनेको छ, “नेपाल मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने अध्यावधिक पूर्वानुमानरपूर्वसूचनारचेतावनीसम्बन्धी जानकारी लिइरहनुहुन पनि अनुरोध गर्दछौँ ।” सहायक प्रजिअले भनेका छन ।

प्रकाशित मिति: ८ आश्विन २०८३, बिहिबार  १५ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।