कालीगण्डकी करिडोर अवरुद्ध


गुल्मी । कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको रुद्रबेणी–पूर्तिघाट सडक अवरुद्ध भएको छ ।

उक्त सडकखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा आज बिहान पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोही गाउँपालिका–४ भएर बग्ने पाती खोलामा जलसतह बढेपछि यातायात सेवा पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

सडक अवरुद्ध भएपछि उक्त क्षेत्रबाट बागलुङ, पाल्पा, बुटवल र पोखरा जाने सम्पूर्ण सवारीसाधन तथा यात्री बीच बाटोमा रोकिएका छन् । अवरुद्ध सडक खुलाउने प्रयास जारी छ ।

प्रकाशित मिति: ९ आश्विन २०८३, शुक्रबार  ०९ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।