काठमाडौँ । लगातारको वर्षाका कारण काठमाडौँ उपत्यकाका बागमती र विष्णुमती नदीमा पानीको बहाव बढेको छ। नदी आसपासका क्षेत्रमा पानीको सतह बढ्दै गएपछि सम्भावित जोखिमलाई ध्यान दिँदै सतर्क रहन आग्रह गरिएको छ ।
सम्बन्धित निकायले नदी किनार, तटीय क्षेत्र तथा डुबानको जोखिम रहेका स्थानमा अनावश्यक रूपमा नजान र सुरक्षित रहन आग्रह गरेका छन्। लगातार वर्षा भइरहेकाले नदीको बहाव थप बढ्न सक्ने भन्दै स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन भनिएको छ ।













