काठमाडौँ । मुग्लिन-नारायणगढ सडक खण्ड अवरुद्ध बनेको छ ।
अविरल वर्षाका कारण लेदो सहितको पहिरो नाम्सी खोला पुलमाथि खस्दा आइतबार बिहान ७:५५ बजेदेखि सडक अवरुद्ध बनेको सडक डिभिजन भरतपुरले जनाएको छ ।
पहिरो हटाउन करिब २ घण्टा समय लाग्ने अनुमान गरिएको छ । पहिरो पन्छाउनका लागि उपकरण प्रयोगमा आइसकेको छ ।









