युरोपमा डिजेलको मूल्य प्रतिलिटर २.२४ युरो पुग्यो


काठमाडौँ । युरोपमा डिजेलको औसत मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

युरोपमा डिजेलको औसत मूल्य प्रतिलिटर २.२४ युरो (करिब २.५३ अमेरिकी डलर) पुगेको युरोपेली आयोगको तथ्यांकले देखाएको हो ।

अमेरिका र इजरायलको युद्धका कारण आपूर्ति घट्दा र प्रशोधन कार्यमा अवरोध आउनुका कारण पेट्रोल र डिजेलको मूल्य तीव्र रूपमा बढेको हो ।

प्रकाशित मिति: १६ आश्विन २०८३, शुक्रबार  १० : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।