काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल’ को आठौं सिजन यही शुक्रबारबाट प्रसारण सुरु हुने भएको छ । सोमबार एक कार्यक्रममा भ्वाइसले आफ्नो प्रसारण मिति, नयाँ प्रायोजक र कोचको लाइनअप सार्वजनिक गरेको हो ।
नयाँ सिजनमा इनर्जी ड्रिंक्स ‘रेडबुल’ टाइटल स्पोन्सरका रुपमा अनुबन्ध भएको छ भने को– स्पोन्सरका रूपमा कोलगेट टुथपेष्ट र पल्स चकलेट अनुवन्ध भएका छन् । पावर बाई स्पोन्सरका रूपमा चौधरी ग्रुपको सोयम नुडल्स र राइड सेयरिङ प्लेटफर्म इनड्राइभ अनुबन्ध भएका छन् ।
एसोसिएट स्पोन्सरमा एशियन पेन्टस्, हिमस्टार, लेट मी इन, गोल्डस्टार, अथर इलेक्ट्रिक बाइक अनुवन्ध भएका छन् । यस्तै लेयर सट, मार्भल पाइप एण्ड फिटिङस, केटीएम ट्रीप डटकम, जेरोना डर्मा र भोटिङ पार्टनरमा खल्ती रहेका छन् । कार्यक्रमको मार्केटिङ अधिकार एस मिडिया एण्ड मार्केटिङले लिएको छ ।
कार्यक्रममा दुई जना नयाँ कोचहरू एकदेव लिम्बु र नरेन लिम्बुलाई पनि सार्वजनिक भएका छन् । सिजन ८ मा गायक प्रमोद खरेल र गायिका मिलन नेवार पनि कोचका रूपमा अनुबन्ध छन् । हरेक शुक्रबार र शनिबार राति ८ बजेबाट हिमालय टेलिभिजन र द भ्वाइस अफ नेपालको युट्युब च्यानलमा प्रसारण हुने यो सिजन ३२ एपिसोड प्रसारण हुनेछ ।







