नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा सीमित हुने आईएमएफको प्रक्षेपण


काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । आईएमएफले सार्वजनिक गरेको विश्व आर्थिक परिदृश्य प्रतिवेदनमा यस्तो देखिएको हो ।

उक्त प्रतिवेदन अनुसार नेपालको आर्थिक वृद्धिदर आगामी दुई वर्षमा ४ प्रतिशतभन्दा तल रहनेछ । यद्यपि सन् २०२६ को तुलनामा सन् २०२७ मा वृद्धिदर सामान्य सुधार हुने अनुमान गरिएको छ । सन् २०२७ मा नेपालको अर्थतन्त्र ३.७ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ ।

आईएमएफको प्रतिवेदनले नेपालमा महँगी पनि आगामी वर्ष बढ्ने देखाएको छ । सन् २०२५ मा ४.१ प्रतिशत रहेको उपभोक्ता मुद्रास्फीति सन् २०२६ मा घटेर ३.१ प्रतिशतमा झर्ने र सन् २०२७ मा बढेर ५.८ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति: २७ आश्विन २०८३, मंगलबार  १७ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।