एनआईसीसीआइ अध्यक्ष सञ्जय अग्रवालद्धारा ललितपुरमा ‘नट्स एन्ड स्कूप’ जेलाटो ब्रान्डको उद्घाटन


काठमाडौँ । नेपाल–इटाली चेम्बर अफ कमर्श (एनआईसीसीआई) का अध्यक्ष सञ्जय अग्रवालले यही असोज २५ गते ललितपुरको सानेपामा इटालियन शैलीबाट प्रेरित प्रिमियम जेलाटो ब्रान्ड ‘नट्स एन्ड स्कूप’ को उद्घाटन गरेका छन् । उनी उद्घघाटन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

मोनिका टापरिया र विपिन अटलद्वारा स्थापित ‘नट्स एन्ड स्कूप’ ले इटालियन जेलाटो बनाउने परम्परागत सीप र शैलीबाट प्रेरित स्वादलाई नेपाली बजारमा भित्राएको छ। बीस भन्दा बढी स्वादका जेलाटो व्यावसायिक जेलाटो निर्माणका लागि प्रयोग गरिने इटालियन उपकरण, उच्च गुणस्तरका कच्चा पदार्थ र इटालीस्थित जेलाटो युनिभर्सिटीबाट विशेष तालिम प्राप्त संस्थापकहरूको अनुसन्धान, नवप्रवर्तन र गुणस्तरप्रतिको प्रतिबद्धता झल्काउँछ ।

उद्घघाटन समारोहमा बोल्दै अध्यक्ष अग्रवालले यस उद्यमशील पहलको प्रशंसा गर्दै नेपाल र इटालीबीच परम्परागत व्यापारभन्दा बाहिर पनि सहकार्यका सम्भावना विस्तार हुँदै गएको बताए ।

नेपाल–इटाली चेम्बर अफ कमर्श (एनआईसीसीआइ) का अध्यक्षका रूपमा अग्रवालले नेपाल र इटालीबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन व्यापार, लगानी, व्यावसायिक साझेदारी, पर्यटन तथा सांस्कृतिक आदानप्रदान प्रवद्र्धनमा जोड दिँदै आएका छन्। उनले अन्तर्राष्ट्रिय विशेषज्ञता, सीप र नवप्रवर्तनलाई नेपालमा भित्राउने तथा र दुई देशका नागरिकबीचको सम्बन्ध विस्तार गर्ने उद्यमहरूलाई प्रोत्साहन गर्नुपर्ने बताए।

‘नट्स एन्ड स्कूप’ को सुरुवात इटालियन पाक परम्परा र विशेषज्ञताले नेपालमा उद्यमशीलतालाई कसरी प्रेरित गर्न सक्छ भन्ने उदाहरणका रूपमा रहेको छ । यसले दुई देशबीच सांस्कृतिक आदानप्रदानलाई प्रवद्र्धन गर्नुका साथै आपसी सम्बन्धलाई थप प्रगाढ बनाउन योगदान पु¥याउने अपेक्षा गरिएको छ। संस्थापकहरूले नवप्रवर्तन, ग्राहकको प्रतिक्रिया र इटालीमा थप व्यावसायिक तालिममार्फत आफ्ना उत्पादन तथा सेवालाई निरन्तर परिष्कृत गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । उद्घघाटनको दिन २०० भन्दा बढी ग्राहकले ब्रान्डको आउटलेट भ्रमण गरेको संस्थापकहरूले जानकारी दिएका छन्।

सानेपाबाट आफ्नो सेवा सुरु गरेको ‘नट्स एन्ड स्कूप’ ले नेपालमा प्रिमियम जेलाटो गन्तव्यका रूपमा स्थापित हुने लक्ष्य राखेको छ। इटालियन पाककला र शिल्पकौशलको अनुभव नेपाली उपभोक्तामाझ पु¥याउँदै उद्यमशीलता तथा अन्तर सांस्कृतिक सहकार्यलाई प्रोत्साहन गर्नु ब्रान्डको उद्देश्य रहेको छ।

प्रकाशित मिति: २७ आश्विन २०८३, मंगलबार  १७ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।