महादेवटार सुरुङ ‘ब्रेक थ्रु’


बागमती । काठमाडौँ–तराईरमधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारमा निर्मित सबैभन्दा लामो सुरुङको आज ‘ब्रेक थ्रु’ गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले भीमफेदी र बकैया गाउँपालिका जोड्ने उक्त  सुरुङको ब्रेक थ्रु गरेका हुन ।

त्यस कार्यक्रममा राष्ट्रपति पौडेलले द्रुतमार्ग देशको आर्थिक समृद्धि र राष्ट्रिय एकताका लागि समेत महत्त्वपूर्ण रहेको बताए। द्रुतमार्ग निर्माणमा नेपाली सेनाले देखाएको तदारुकताको उनले प्रशंसासमेत गरे ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आयोजनाको काम निर्धारित  समयमा नै सम्पन्न गर्न निर्देशन दिए। 

नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको उक्त आयोजनाको भौतिक प्रगति हाल सम्म ५०.५४ प्रतिशत भएको कार्यक्रममा जानकारी दिइयो ।

प्रकाशित मिति: २ मंसिर २०८३, बुधबार  १२ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।