नेपाल रिपब्लिक मिडियाले आज शुक्रबारदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको छ । रिपब्लिक मिडिया सञ्चार माध्यमहरुको तर्फबाट सर्वसाधारणमा सेयर जारी गर्ने पहिलो कम्पनी हो । कम्पनीले जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९ प्रतिशत बराबरको १०० रुपैयाँ अंकित दरमा ४३ करोड ५३ लाख रुपैयाँ बराबरको ४३ लाख ५३ हजार कित्ता सेयर निष्काशन गरेको हो…