ऋण नतिर्ने अभियानले बैंकहरुको कर्जा नोक्सानी १५ अर्बले थपियो, कुमारी बैंकको मात्रै साढे २ अर्ब

आर्थिक गतिविधि सुस्ताएको भन्दै ऋणीले सावाँ ब्याज नतिर्ने अभियान सुरु गर्दा बैंकहरुको कर्जा जोखिम व्यवस्था वापतको रकम १५ अर्ब बढेको छ । ऋणीहरुले एकीकृत भएर साँवा ब्याज नतिर्ने अभियान सुरु गर्दा पछिल्लो तीन महिनामा बैंकहरुको कर्जा जोखिम व्यवस्था करिब शतप्रतिशतले बढेको हो । अर्थतन्त्रमा मागको कमी आएका कारण उत्पादन तथा वितरणमा आएको सुस्ततालाई देखाउँदै ऋणीहरुले…