सेयर बजारमा बिहीबार दोहोरो अंकको गिरावट, फाइनान्सका लगानीकर्ता भने मख्ख

सेयर बजारमा साताको अन्तिम कारोबार दिन बिहीबार दोहोरो अंकको गिरावट आएको छ । बुधबार २ अंकको सामान्य वृद्धि सहित बन्द भएकोमा बिहीबार १०.४४ अंक घटेर बजार बन्द भएको हो । इन्ट्रा डे कारोबारमा नेप्से सर्वाधिक १६.६२ अंक बढेर २०९५.३९ बिन्दुमा पुगेको भएपनि बिक्री चाप बढेपछि आज बजार २०६८.३१ बिन्दुमा अडिएको हो । बजार घटेपनि अधिकांश…