बजाज ग्राण्ड कार्निभलमा नयाँ पल्सर एन१६० र एन१२५ सार्वजनिक, विशेष अफरको आकर्षण

काठमाडौँ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ मोडलका पल्सर एन१६० र एन१२५ मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गरेको छ। भृकुटीमण्डपमा आयोजित बजाज ग्राण्ड कार्निभलमा यी दुई नयाँ मोडलहरू भव्य रूपमा सार्वजनिक गरिएका हुन्। कम्पनीका अनुसार पल्सर एन१६० र एन१२५ दुवै मोडलले पावर, प्रविधि र डिजाइनको उत्कृष्ट संयोजन मार्फत रोमाञ्चक राइड…