समयमा नै प्रतिवेदन नबुझाउने सर्भेयरलाई कारवाही हुन्छः अध्यक्ष सिलवाल

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले समयमैं प्रतिवेदन नबुझाउने सर्भेयरलाई कारवाही हुने बताएका छन् ।  नेपाल बीमा प्राधिकरणद्वारा आज वीरगञ्जमा मधेश प्रदेशमा रहेका बीमा सर्भेयरहरूसँग समसामयिक विषयमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले दुई तीन वर्षसम्म पनि प्रतिवेदन नबुझाउने सर्भेयरलाई कारवाही गरिने स्पष्ट पारे । “बीमा सर्भेयर सङ्घले बीमा सर्भेयरको आचारसंहिता बनाउनुपर्छ, सर्भेयरले समयमैं…