प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको खुद नाफामा मर्जरको सकारात्मक प्रभाव देखिएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ३८.७५ प्रतिशत बढेर २६ करोड ८९ लाख २० हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्स कम्पनीले १९ करोड ३८ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो…