उच्चस्तरीय समितिले दिएका ५८ बुँदे सुझाबमध्ये ६८ प्रतिशत कार्यन्वयन सम्पन्न : बोर्ड

नेपाल धितोपत्र बोर्डले मुद्रा तथा पूँजी बजारमा देखिएका समस्याहरु अध्ययन तथा समाधान गर्न गठित उच्चस्तरीय समितिले दिएका ६८ प्रतिशत सुझाब कार्यन्वयन गरेको जनाएको छ । बोर्डका नवनियुक्त अध्यक्ष भीष्मराज ढुंगानाले बुधबार आयोजना गरेको पहिलो पत्रकार सम्मलेनमा उच्चस्तरीय समितिले दिएका ५८ बुँदे सुझावहरुमध्ये बोर्डसँग सम्बन्धित करिब ६८ प्रतिशत सुझावको कार्यान्वयन बोर्डले   गरेको जानकारी दिए । साथै…