नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकर र धितोपत्र दलाल कम्पनीहरुलाई पनि अनिवार्य सञ्चित कोषको व्यवस्था गरेको छ । बोर्डले धितोपत्र व्यवसायी (धितोपत्रदलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ लाई संशोधन गरी दलाल कम्पनीले पनि सञ्चित कोष राख्नुपर्ने व्यवस्था गरेको हो । यसभन्दा अघि मर्चेन्ट बैंकर तथा धितोपत्र दलाल कम्पनीले सञ्चित कोषको व्यवस्था गर्नु पर्दैनथ्यो ।…