नेपाल धितोपत्र बोर्डले संस्थागत सुशासन निर्देशिकाको प्रभावकारी कार्यान्वयनका लागि सुशासन सम्बन्धी वार्षिक अनुपालना प्रतिवेदनको ढाँचा तयार गरी लागु गरेको छ । बोर्डले सूचीकृत सङ्गठित सस्ंथाहरूको परिपालना अधिकृतले तयार गरी बोर्डमा पेश गर्नुपर्ने प्रतिवेदनमा एकरुपता ल्याउन ढाँचा लागू गरेको हो । बोर्डले संस्थागत सुशासन सँग सम्बन्धीत मुख्य सिद्धान्तहरु तथा संस्थागत सुशासन सम्बन्धी उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यासहरुलाई समेत…