नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सिद्धार्थ इन्स्योरेन्सको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीले गत वर्षको नाफावाट सेयरधनीलाइ १५.४८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेपछि शेयर मूल्य समायोजन भएको हो । नेप्सेले बोनसलाई समायोजन गरि कम्पनीको प्रतिकित्ता ४७१ रुपैयाँ ०८ पैसा निर्धारण गरेको छ । नेप्सेमा गत १८० दिनको कारोबार अनुसार कम्पनीको औसत आधारमूल्य भने ७४७ रुपैयाँ…