सेबोनको निमित्त अध्यक्षको जिम्मेवारी डा.नवराज अधिकारीलाई

नेपाल धितोपत्र बोर्ड (सेबोन) को निमित्त अध्यक्षको जिम्मेवारी डा. नवराज अधिकारीले पाएका छन् । अर्थमन्त्रालयले आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै बरिष्ठ कर्मचारीको हैसियतमा अधिकारीलाई निमित्त अध्यक्षको जिम्मेवारी दिएको हो । सरकारले नयाँ अध्यक्षको नियुक्ति नहुँदासम्मका लागि अधिकारीलाई बोर्डको दैनिक प्रशासन र सञ्चालक समितिको बैठक बोलाउने अधिकार दिएको छ । तत्कालीन अध्यक्ष रमेश हमालको कार्याकाल गत पुस…