नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकले बुधबारदेखि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाममा एकीकृत कारोबार थालेका छन् । मर्जरपछि बैंकमा नयाँ सञ्चालक समिति समेत गठन भएको छ । बैंकको अध्यक्षमा साविककाे नेपाल इन्भेष्टमेण्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे नै चयन भएका छन् । पाँडे सहित नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट प्रजन्य राजभण्डारी र कवि कुमार टिब्रेवाला चयन भएका…