लघुवित्तद्वारा नियम विपरित असुलेको ११४ करोड सेवा शुल्क फिर्ता, बचतमा त्रैमासिक ब्याज भुक्तानी

सञ्चालनमा रहेका ४८ लघुवित्त वित्तीय संस्थाले एक अर्ब १४ करोड रुपैयाँ नियम विपरित असुल गरेपछि फिर्ता गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार ती लघुवित्त वित्तीय संस्थाले ग्राहकबाट तोकिएको भन्दा धेरै सेवाशुल्क लिएपछि सम्बन्धित ग्राहकलाई नै फिर्ता गरेका हुन् । केन्द्रीय बैंकका अनुसार ४८ वटा लघुवित्त वित्तीय संस्थाहरुको आर्थिक वर्ष २०७९/८० मा एकीकृत निर्देशन, २०७९…