महालक्ष्मी विकास बैंक र महाराजगञ्ज काठमाडौंमा अवस्थित ग्यालेक्सी स्पेसियालिटी क्लिनिकका बिचमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौता पश्चात बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा विभिन्न स्वास्थ्य सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ…