एसडिएफले तरलता व्यवस्थापन नभएपछि ५० अर्ब निक्षेप संकलन गर्दै केन्द्रीय बैंक

केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा मार्फत वित्तीय प्रणालीको तरलता खिच्न नसकेपछि निक्षेप संकलन उपकरणको पनि प्रयोग गर्ने भएको छ । बुधबार स्थायी निक्षेप संकलन मार्फत ३७ अर्ब लिएको केन्द्रीय बैंकले बिहीबार ५० अर्बको निक्षेप संकलन गर्ने भएको हो । अर्थतन्त्रमा आएको सुस्तताका कारण बैंक तथा वित्तीय संस्थामा कर्जा माग अपेक्षा गरे अनुसार हुन सकेन ।…