नेपाल राष्ट्र बैंकले चालू पूँजी कर्जाको सीमा निर्धारण गर्दा वर्षिक अनुमानिक कारोबारको २० प्रतिशतसम्म मात्र दिन पाइने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले चालू पूँजी प्रकृतिका कर्जाको सीमा निर्धारण तथा अनुगमन प्रक्रियामा एकरुपता ल्याउनका लागि नयाँ व्यवस्था गरेको हो । चालूपूँजी कर्जा निर्धारण संस्था पिच्छे फरक फरक हुँदा ऋणीको क्षमताको विश्लेषण त्रुटीपूर्ण र कमजोर हुने…