अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका कर्मचारीसँग बैंक वित्तीय संस्था डराउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताएका छन् । मन्त्री शर्माले राष्ट्र बैंकबाट अनुगमन जाने कर्मचारी भन्ने बित्तिकै बैंकहरू डराउनुपर्ने अवस्थाको सहज वातावरण बनाउनुपर्ने बताएका हुन् । मंगलबार राष्ट्र बैंकमा आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारे समीक्षात्मक कार्यक्रममा बोल्दै मन्त्री शर्माले गैरआवसीय नेपाली (एनआरएन) लाई डलर खाता खोल्न…