विद्युत ग्रिड आधुनिकीकरणका लागि एडीबीको थप ७ अर्ब सहुलियत ऋण

नेपालको विद्युत ग्रिड आधुनिकीकरणका लागि एशियाली विकास बैंक (एडीबी) ले थप ७ अर्ब ८ करोड रुपैयाँ सहुलियत ऋण सहयोग गर्ने भएको छ। बैंकले विद्युत ग्रिड आधुनिकीकरणका लागि गर्दै आएको ऋणमा थप दिने भएको हो। बैंकले ६ करोड अमेरिकी डलर अर्थात ७ अर्ब ८ करोड रुपैयाँ ऋण दिन लागेको हो। ऋण सहायता सम्बन्धी सम्झौतामा शुक्रबार अर्थमन्त्रालयमा…