राष्ट्र बैंकले आज १० अर्बको विकास ऋणपत्र बोलकबोल गर्ने

नेपाल राष्ट्र बैंकले मङ्गलबार १० अर्ब बराबरको विकास ऋणपत्रको बोलकबोल गर्ने भएको छ । राष्ट्र बैंकको सार्वजनिक ऋण व्यवस्थापन विभागका अनुसार बोलकबोल प्रक्रियामार्फत ‘विकास ऋणपत्र २०८५ ङ’ बिक्री गरिने भएको हो । ऋणपत्रको व्याजदर पनि बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपालीले…