ग्वार्कोस्थित तरकारी बजारमा कुमारी बैंकले सुरु गर्यो क्यू आर कोड भुक्तानी

कुमारी बैंकले ललितपुरको ग्वार्कोस्थित तरकारी तथा फलफूल बजारका व्यवसायीहरूलाई सहज रूपले मोबाइल फोनबाट भुक्तानी प्राप्त गर्न सकिने सुविधा अर्थात् क्युआर कोड पेमेण्ट सेवा सञ्चालनमा ल्याएको छ । यसबाट तरकारीको किनबेचमा सहजता हुने विश्वास बैंकले लिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीूको उपस्थितिमा ललितपुर उपमहानगरपालिकाका मेयर चिरिबाबु महर्जनले तरकारी व्यवसायीहरुलाई क्युआर कोडहरू हस्तान्तरण गरेका…