सिभिल बैंकले आर्थिक वर्ष ०७६/०७७ को दोस्रो त्रैमाससम्ममा ३१ करोड ६२ लाख खुद नाफा गरेको छ । बैंकको यो नाफा गत आवको यसै अवधिको तुलनामा १४.७६ प्रतिशत कम हो। बैंकले अघिल्लो पुसमा ३७ करोड ९ लाख नाफा कमाएको थियो । खराब कर्जा उल्लेखनिय रुपमा घटाएपनि कर्मचारी खर्च तथा संचालन खर्च बढेपछि नाफा प्रभावित भएको हो…