नेपाल स्टक एक्सचेञ्जको अनलाइन कारोबार प्रणालीमा दिनहुँ जस्तो समस्या आउन थालेपछि समाजिक सञ्जालमा असन्तुष्टि जनाउनेहरु बढ्न थालेका छन् । कतिपयले नेप्सेका प्रमुख कार्यकारी अधिकृतलाई समेत जोडेर अनलाइन कारोबार प्रणालीप्रति असन्तुष्टि जनाएका छन् । गत बिहीबार र आइतबार गरी २ पटक नेप्सेको कारोबार प्रणालीमा समस्या देखिएको छ । कतिपयले नियोजित रुपमा कारोबार प्रणालीमा समस्या निम्त्याइएको आरोप…