विकास ऋणपत्र मार्फत थप १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

नेपाल सरकारले विकास ऋणपत्र बिक्री गरेर थप १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ। राष्ट्र बैंकले यहि माघ ११ गते बिहीबार बोलकबोल मार्फत विकास ऋणपत्र जारी गरी ५ वर्षका लागि १० अर्ब आन्तरिक ऋण परिचालन गर्ने भएको हो । विकास ऋणपत्र २०८५ ‘ठ’ नाम दिइएको उक्त ऋणपत्रको बोलकबोल ११ माघ र निष्कासन १२ माघमा हुनेछ…