अन्तर बैंक एटीएम र कनेक्ट आईपीएस मार्फत वित्तीय कारोबार गर्दा शुल्क लाग्ने भएको छ । कोरोना महामारीमा ग्राहकको सहजताका लागि नेपाल राष्ट्र बैंकले नै अन्तर बैंक एटिएम तथा कनेक्ट आईपीएस मार्फत गरिने कारोबारमा शुल्क नलिन निर्देशन दिएको थियो । राष्ट्र बैंकको अनुरोघमा गत चैत ७ गतेदेखि निःशुल्क विद्युतीय कारोबार गर्ने घोषणा गरेका बैंक वित्तीय संस्थाहरुले…