नेपाल क्लियरिङ्ग हाउसले बैंकको चेक क्लियरिङ्ग गर्ने समय थप गरेको छ । कम्पनीले ईलेक्ट्रोनिक चेक क्लियरिङ्ग र अन्तरबैंक भुक्तानी प्रणालीमा विहीबार देखि लकडाउन पूर्वको अवस्था बमोजिमको समयसम्म क्लियरिङ्ग र सेटल्मेन्ट हुने जनाएको हो । सोही व्यवस्था अनुसार ईलेक्ट्रोनिक चेक क्लियरिङ्ग रेगुलर सेसनमा दिनको १:३० बजे सम्म जम्मा गरिएका चेकहरु र अन्तरबैंक भुक्तानी प्रणालीमा दिनको १…