नेपाल बैकर्स संघले अन्तर बैंक एटिएम कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने व्यवस्था गर्ने भएको छ । कोराना संक्रमण फैलिन नदिने सरकारी कार्यलाई सघाउन बैंकहरुमा ग्राहकको भिड लाग्न नदिन बैंकहरुले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने निर्णय समेत गरेका छन्। शुक्रबार विहानको बैंकर्स संघको बैठकले अन्तर बैंक एटिएम कारोबारमा शुल्क नलिने तथा डिजिटल बैकिङ सेवालाई चुस्त बनाउने…