जनता बैंकले ३४ प्रतिशतले बढायो खुद नाफा, खराब कर्जा घट्यो, ईपीएसमा सुधार

जनता बैंकले गत आर्थिक वर्षमा एक अर्ब ३४ करोड रुपैयाँ नाफा गरेको छ। बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ३४ प्रतिशतले नाफा बढाएको हो । अघिल्लो वर्ष बैंकले १ अर्ब २७ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकको वितरण योग्य नाफा ९७ करोड ७२ लाख रुपैयाँ छ । यसबाट बैंकले सेयरधनीलाई १२.१५ प्रतिशतसम्म लाभांश दिन सक्छ…