विश्वव्यापीरूपमा कोभिड–१९ को महामारी बढ्दै गएको छ । यस महामारीको रोकथाम तथा नियन्त्रणका लागि मानिसहरूले आफ्ना कार्यशैलीहरूमा पनि नयाँ–नयाँ तरिका र प्रविधि अपनाइरहेका छन् । महामारीबाट बच्ने यस्तै जुक्तिहरूबीच यतिखेर आर्थिक कारोवारमा पनि संसारभर विद्युतीय कारोवारलाई अघि बढाइएको छ । नेपालमा पनि यसअघि सुषुप्तजस्तै रहेको विद्युतीय कारोवारलाई महामारीको बाध्यताले प्रभावकारीरूपमा अघि बढाउने मार्गप्रशस्त गरिदिएको छ…