स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल सरकारद्वारा स्थापना गरिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । संस्थाले कोषको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक, काठमाडौंमा रहेको खातामा उक्त रकम जम्मा गरेको हो । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण…