नेपाल प्रहरीले एटिएमको प्रणाली ह्याक गरेर पैसा चोरी गर्ने प्रकरणमा थप तीन जना नेपालीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार ठमेल क्षेत्रबाट मनी एक्सचेञ्ज व्यवसायमा आबद्ध ३ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले दिएको जानकारी अनुसार ठमेलमा रहेको डेस्सो मनी एक्सचेञ्जका सञ्चालक देवनाथ लामिछाने र नेपालय मनि चेन्जरका सञ्चालक…