सनराइज बैंक (SRBL) रेमिट्यान्स सेवामा अग्रसर हुँदै गएको छ । उक्त सेवाको लागि बैंकले जीएमई रेमिट्यान्ससँग सम्झौता गरेको छ । सम्झौतापत्रमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र जीएमई रेमिट्यान्सका प्रबन्ध निर्देशक दिवाकर पौड्यालले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता अनुसार सनराइन बैंकका स्वदेश तथा विदेशमा रहेका सम्पुर्ण ग्राहकहरुले सनराइज रेमिट…