मेगा बैंकले पोखराको गण्डकी विकास बैंकलाई एक्वायर गर्ने

मेगा बैंकले पोखरामा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको गण्डकी विकास बैंकलाई खरिद गर्ने भएको छ। मेगाले गण्डकीलाई प्राप्ति गर्ने सम्बन्धी सम्झौतामा बुधबार सैद्धान्तिक सहमति भएको हो । सम्झौता अनुसार सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन (डिडिए ) को आधारमा स्वाप रेशियो कायम हुनेछ । मर्जर पछि बन्ने बैंकको नाम मेगा बैंक लिमिटेड रहनेछ भने बैंक संचालक…