काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल राष्ट्र बैंकमा यथाशीघ्र गर्भनर नियुक्ति हुने बताएका छन् । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको उत्तर दिँदै उनले भने, “गर्भनर नियुक्तिका लागि दुई पार्टीबीच भागबण्डा नमिलेर ढिलाइ भएको भन्ने कुरा गलत हो, नियुक्ति गर्न सिफारिस समिति बनिसकेको र अध्ययन भइरहेको…