गभर्नर अधिकारीले भने : कर्जा लिएपछि तिर्नुपर्छ, अहिले सकिएन भन्न पाँइदैन

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा लिने समयमा नै आफ्नो क्षमता हेर्न आग्रह गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज सेजनको वार्षिकोत्समा वोल्दै गभर्नर अधिकारीले व्यवसायीले आफ्नो क्षमता अनुसार मात्रै कर्जा लिनुपर्ने बताएका छन् । पछिल्लो समय बैंकको कर्जा असुलीमा समस्या आइरहेको अवस्थामा गभर्नर अधिकारीले व्यवसायीलाई समयमा नै कर्जा तिर्न आग्रह गरेका हुन् ।…