अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले विस्तारित कर्जा सुविधा दिँदै गर्दा राखेको सर्त केन्द्रीय बैंककै कारण रोकिएको आशंका गरिएको छ । केन्द्रीय बैंकले बैंकिङ क्षेत्रको गलत अभ्यास लुकाउन १० वटा वाणिज्य बैंकको स्वतन्त्र लेखापरीक्षकबाट गर्ने भनिएको लेखापरीक्षण प्रक्रिया स्थगित गराएको अरोप लाग्न थालेको हो । आइएमएफले विस्तारित कर्जा दिन राखेका सर्तहरूमध्येको मुख्य भनेको सञ्चालनमा रहेका १० वटा…