नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालको अब आउने नेतृत्वलाई अटो जोन निर्माणमा पहल गर्न व्यवसायीहरुले सुझाव दिएका छन् । अध्यक्षका प्रत्यासी ध्रुव थापालाई समर्थन गर्न भेला भएका गण्डकी प्रदेशका व्यवसायीहरुले थापालाई यस्तो सुझाव दिएका हुन् । थापाको टीम पोखराका अटोमोवाइल व्यवसायीसँग छलफलका लागि पोखरा पुगेका थिए । उक्त समयमा व्यवसायीहरुले नाडाको सुदृढिकरणसँगै व्यवसायीका समस्यालाई केन्द्रमा राख्नु…