राजधानीको पूर्वोत्तर भेगमा नेपाल टेलिकमले बाँडेको एडिएसएल इन्टरनेट सेवामा पटक–पटक समस्या आउँदा पनि समाधान नभएपछि ग्राहक मर्कामा पर्ने गरेका छन् । यस क्षेत्रका शङ्खरापुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको केही भागमा समेत एडिएसएल इन्टरनेट सेवामा समस्या आउने गरेको छ । यो क्षेत्र नेपाल टेलिकमको जोरपाटी र इन्द्रायणी शाखाले हेर्ने क्षेत्र हो । जोरपाटी–थली–साँखु र…