नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ रद्द गरेको छ । रिलायन्स स्पिनिङ मिल्सले बिहीबारबाट नै पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको थियो । बोर्डका अध्यक्ष नरेन्द्रकुमार रानाको निर्णयअनुसार अर्को सूचना नआएसम्म सर्वसाधारणलाई जारी हुन लागेको आईपीओ रोकिएको हो । तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणमा कैफियत देखिएपछि रिलायन्स स्पिनिङ…