सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गराउने कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गराउने क्रममा साढे ९ लाख भ्रष्टाचार गरेको आरोपमा नापी अधिकृत सहित तीन जना विरुद्ध आरोप पत्र दायर गरेको छ । आयोगले ९ लाख ८३ हजार ७ सय रुपैयाँ बिगो मागदाबी लिई नापी कार्यालय रुपन्देही, भैरहवाका तत्कालीन नापी अधिकृत घनश्याम दुवे, सर्भेक्षक रामराज यादव र जग्गाधनी मुना…