पहिलो जलविद्युत आयोजना निर्माण गरेको भन्दै व्यवसायी जीतबहादुर श्रेष्ठ सम्मानित

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,नेपाल (इप्पान)ले व्यवसायी जीतबहादुर श्रेष्ठलाई सम्मान गरेको छ । १ मेगावाटभन्दा ठूलो पहिलो जलविद्युत आयोजना निर्माण गरेको भन्दै उनलाई सम्मान गरिएको हो । श्रेष्ठ नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडका संस्थापक अध्यक्ष हुन् । उनले यो कम्पनीको स्थापना गराएका थिए । यो कम्पनीले ७.५ मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत आयोजना निर्माण गरेको थियो। सिन्धुपाल्चोकको पाँचपोखरी…