रौतहटको कटहरिया नगरपालिकाका प्रमुख अजयप्रकाश, उपप्रमुख रीता देवीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार कटहरिया नगरपालिका वडा नं. २ स्थित जमुनिया बजारमा रहेको सामुदायिक भवन निर्माण योजना अन्तर्गतको टायल्स फ्लोरिडाको कार्यमा आर्थिक वर्ष २०७८/७९ मा प्रदेश सरकारबाट प्राप्त विशेष अनुदानबाट कार्य सञ्चालनका लागि मिति २०७९…