निजगढ विमानस्थलका उल्झनका विषयलाई किनारा लगाउँदै निर्माणलाई गति दिइन्छः पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बहुप्रतीक्षित निजगढ विमानस्थल निर्माणका बाँकी उल्झनका विषयलाई किनारा लगाउँदै निर्माणलाई गति दिइने दृढता व्यक्त गरेका छन् । प्रतिनिधि सभा, अन्तरर्राष्ट्रिय सम्बन्ध समितिको आज सिंहदरबारमा भएको बैठकमा पर्यटनमन्त्री भट्टराईले देशको राष्ट्रिय हित र विकाससँग जोडिएको राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नेपालको निर्विकल्प आयोजना भएको बताए । ‘नागरिक उड्डयनको…